मुख्य समाचार

एक अर्ब ३५ करोड जनसंख्या भएको देशमा सवा लाखमात्र संक्रमित-भारतीय स्वास्थ्यमन्त्री   

एएनआई।भारतीय स्वास्थ्यमन्त्री डा.हर्ष वर्धनले एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा कोरोना भाइरसका जम्मा १ लाख २५ हजार मात्र संक्रमित भएको बताएका छन ।

उनले भने आज हामीकहाँ तीन प्रतिशत मात्र मृत्युदर रहेको छ र सवालाख मात्र कोरोना भाइरसका संक्रमित रहेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यकारी बोर्डको अध्यक्षको कार्यभार संहालेपछि आज सम्बोधन गर्दै उनले सो जानकारी दिएका हुन ।

उनले भारतले कोभिड १९ को नियन्त्रण र रोकथामका क्षेत्रमा प्रभाकारी रुपमा काम गरिरहेको जानकारी पनि सो अवसरमा दिए। उनले भारतमा कोरोना भाइरसका संक्रमितहरुको निको हुने दर ४० प्रतिशतभन्दा बढी रहेको जानकारी दिँदै यसलाई सकारात्मक रुपमा लिनुपर्ने पनि बताए ।

उनले भने भारतमा निको हुने दर ४० प्रतिशत भन्दा बढी छ र यहाँका संक्रमितहरुको संख्या पनि १३ दिनपछि मात्र दोब्बर हुने गरेको छ । भारतले कोभिड १९ का विरुद्धमा प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिए। उनले आगामी दिनमा अझै थप सतर्कता लिएर प्रभावकारी रुपमा काम गर्ने पनि बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *