मुख्य समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा

एएफपी।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुगेका छन ।

राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने छन । यहाँ करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ ।

भ्रमणमा राष्ट्रपतिका साथ उहाँकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन ।

विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उहाँकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका छन। त्यसपछि उनीहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *