मुख्य समाचार

रुसी राष्ट्रपति पुटिनद्धारा नयाँ प्रधानमन्त्री नियुक्त   

सिन्ह्वा।रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन ।  तत्कालिन प्रधानमन्त्री दिमित्रि मेद्भेदेवले राजीनामा दिएर खाली भएकाले प्रधानमन्त्री पदमा उनले नयाँ व्यक्तिलाई नियुक्त गरेका हुन।

उनले संघीय कर सेवा प्रमुख मिखाइल मिशुस्टिनलाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नुभएको रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले बुधबार जनाएको छ । “भ्लादिमिर पुटिनले संघीय कर सेवा प्रमुख मिखाईलसँग बैठक गरेर उनलाई प्रधानमन्त्रीको जिम्मेवारी लिन आग्रह गरेका छन” क्रेमलिनद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

पुटिनको आग्रहलाई मिखाइलले स्विकार गरेपछि उनलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गरिएको अधिकारीहरुले बताएका छन् । राष्ट्रपति पुटिनले वर्तमान संवैधानिक व्यवस्थालाई सुधारको प्रस्ताव गरेपछि प्रधानमन्त्री मेदभेदेवले बुधबार राजीनामा दिएका हुन।

मेदभेदेवले नयाँ सुधार प्रस्तावहरूले देशको शक्ति सन्तुलनमा उल्लेखनीय परिवर्तन गर्ने भएकाले राजीनामा दिएको बताएका थिए।पुटिनको सुधार प्रस्तावमा राष्ट्रपतिको सट्टा संसद्लाई प्रधानमन्त्री र वरिष्ठ मन्त्रिपरिषद् सदस्यहरू छनौट गर्ने अधिकार समावेश गरिएको बताइएको छ ।

प्रधानमन्त्रीले भने, “वर्तमान स्वरूपमा रहेको सरकार प्रमुखका हैसियतमा मैले पदबाट राजीनामा गरेको छु । हामीले राष्ट्रपतिलाई सबै आवश्यक कदम चाल्ने सम्भावना प्रदान गर्नुपर्दछ ।” प्रधानमन्त्रीका अनुसार सुधारका आगामी सबै निर्णय राष्ट्रपतिले लिनुहुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *