मुख्य समाचार

स्पेनका प्रधानमन्त्रीद्धारा मन्त्रीपरिषद् विस्तार  

सिन्ह्वा।स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले नयाँ मन्त्रीपरिषद्का सदस्यहरुको नामावली सार्वजनिक गरेका छन ।
आइतबार सार्वजनिक गरिएका २२ मन्त्रीहरु मध्ये ११ जना महिला र ११ जना पुरुष रहेको समाचारमा जनाइएको छ ।

उनले आफू नेतृत्वको गठबन्धन सरकारले बहुपक्षीय सुझाव सल्लाहलाई आधार मानेर स्पष्ट मार्गमा हिड्ने बताएका छन ।प्रथम उपाध्यक्षमा कार्मेन काल्भो, गृहमन्त्रीमा फेर्नान्डो ग्रानड मार्लास्का र अर्थ मन्त्रीमा मारिया जेसस मेन्तेरोलाई नियुक्त गरेका छन ।

त्यसैगरी अरान्चा गोन्जालेज लाया नयाँ विदेशमन्त्री बनेका छन भने जुयन कार्लोस काम्पोले नयाँ मन्त्री र मार्गारिता रोब्लेसले नयाँ रक्षामन्त्रीको जिम्मेबारी पाएका छन  ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *