शिक्षा / स्वास्थ्य

वडाध्यक्षको पारिश्रमिकबाटै विद्यालयमा शिक्षक नियुक्त

काठमाडौं । अर्घाखाँची सन्धिखर्क नगरपालिकाका एक वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलब दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् । सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलब पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।

सन्धिखर्क नगरपालिका -१० को धरम्पानीमा रहेको आदर्श आधारभुत विद्यालय र वडा नम्वर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एकएक जना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पढाउनका लागि १२र१२ हजार तलब पाउने गरी दुई जना शिक्षक नियुक्त गरिएको हो । ुशैक्षिक गुणस्तर बढाउन शिक्षक संख्या कम भएका स्कूलहरूमा शिक्षक नियुक्त गरेका हौँ,ु ठकुरीले भने, ुमैले पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।ु

वडामा रहेका सवै स्कुलमा अध्ययनरत कक्षा १ का सबै विद्यार्थीका लागि आफ्नो पारिश्रमिकबाटै किताब, कापी, पेन्सिल जस्ता शैक्षिक सामाग्री हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमको पढाईको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरूमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभर करिब ३५० विद्यार्थीले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *