पर्यटन

कोरोनाविरुद्धको खोप लगाएका विदेशी पर्यटक नेपाल आउन दिने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोनाविरुद्धको पुर्ण डोज लगाएका विदेशी पर्यटकलाई नेपाल आउन अनूमति दिने तयारी थालेको छ ।

स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठका अनुसार पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि कोरोनाविरुद्धको पुर्ण मात्रा खोप लगाएका र नेपाल आएपछि गरिने कोरोना परीक्षणमा संक्रमण पुष्टि नभए तत्काल गन्तव्यमा जान दिने तयारी भएको हो ।

सामाजिक सञ्जालमा मन्त्री श्रेष्ठले लेखेका छन्,‘कोभिड–१९ महामारीबाट अतिप्रभावित पर्यटन क्षेत्रलाई क्रमशः पुनर्बहाली गर्न पूर्णमात्रा खोप लगाइसकेका पर्यटकहरूलाई नेपाल आइसकेपछी तत्काल गरिने पीसीआर रिपोर्ट “नेगेटीभ“ आएमा गन्तव्यमा जान अनुमति दिने व्यवस्था छिट्टै लागू गरिनेछ ।’

यसअघि पर्यटन व्यवसायीहरुले तत्काल विदेशी पर्यटक आउने वातवरण बनाउन माग गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *