काठमाडौं । मंगलबारदेखि काठमाडौँ–श्रीलङ्का सिधा उडान शुरु हुने भएको छ ।
श्रीलङ्कन एयरलाइन्सलाई सातामा दुई उडानका लागि नेपाल नागरिक उड्ढयन प्राधिकरणले अनुमति दिएपछि मंगलबार पहिलो उडान हुने भएको हो ।
श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि आगामी सेप्टेम्बर ४ तारिखसम्मका लागि उडान अनुमतिका लागि निवेदन दिएको छ । एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त गरेको प्रािधरणले जनाएको छ ।




