श्रीलङ्काबाट ३० जना भारतीय माझीहरू मङ्गलबारस्वदेश फर्केको श्रीलङ्काका लागि भारतीय उच्च आयोगले जनाएको छ ।
सामाजिक सञ्जाल एक्स मार्फत जानकारी सार्वजनिक गर्दै उच्च आयोगले स्वदेश फर्किएका माझिहरूको तस्विर पोस्ट गरेको छ ।
यस अघि मार्च महिनामा श्रीलङ्काबाट पक्राउ परेका १४ जना भारतीय माझीहरूलाई स्वदेश फिर्ता गरिएको थियो ।
श्रीलङ्काका सांसद हर्षा डी सिल्भालाई उदृत गर्दै एएनआईले जीविकोपार्जनका लागि माछा मार्ने पेशामा निर्भर भारतीय माझीहरूको सवाल लामो समय देखि चलिरहेको र यो राजनीतिक भन्दा कानुनी सवाल भएको उल्लेख गरेको छ ।
गत फेब्रुअरी –२२ मा, धनुषकोडी र थलाइमन्नारको बिचमा मन्नारको खाडीमा माछा मार्दै गर्दा श्रीलङ्काली सेनाले पम्बनबाट एउटा डुङ्गासहित १२ जना माझीहरूलाई समातेको थियो । श्रीलङ्काली सेनाले पम्बनबाट डेभिड भनेर चिनिएका एकजना माझीको डुङ्गासमेत जफत गरेको छ ।
श्रीलङ्काका अधिकारीहरूद्वारा भारतीय माझीहरूलाई बारम्बार पक्राउ गर्ने विषय विशेष गरी तमिलनाडुका माछा मार्ने समुदायहरूका मानिसहरु प्रभावित छन् भने दुई देश बिच लामो समय देखि चिन्ताको विषय बनेको छ ।




