काठमाडौँ । दिल्ली क्यपिटल्सले जारी आइपिएलमा विजयी शुरुवात गरेको छ ।बुधबार राति सम्पन्न खेलमा दिल्लीले लखनउ सुपरजाइन्टलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।
लखनउले दिएको १४२ रनको लक्ष्य पछाएको दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । दिल्लीको जितमा समीर रिज्वीले अविजित ७० रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ३९ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले १८.४ ओभरमा अल आउट हुदै १४१ रन बनाएको थियो । लखनउका लागि अब्दुल समादले ३६, मिचेल मार्शले ३५ र शह्बाज अहमदले १५ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर लुंगी एनगिडी र टी नटराजनले ३-३ तथा कुलदीप यादवले २ विकेट लिएका थिए ।
जारी आइपिएल अन्तर्गत अब भोली कोलकोता नाइटराइडर्स र सनराइजर्स हैदरावादबीच खेल हुदैछ ।




