विश्व

इन्डोनेसियाको समुद्रमा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार

इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१ जना चालक दलका सदस्यहरुको संयुक्त खोजी र उद्धार टोली (एसएआर) ले जीवित उद्धार गरेको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् ।

जिवित व्यक्तिहरू र एसएआर कार्यालयको समन्वयमा पालु खोजी र उद्धार कार्यालयबाट एसएआर टोलीले स्थानीय समय अनुसर विहान लगभग ०८ः२४ मा दक्षिण बोलाङ मोङ्गोन्डो, उत्तरी सुलावेसीको पानीमा बगिरहेको डङ्गा फेला पारेको जनाइएको छ ।

माछा मार्ने डुङ्गामा रहेका २१ जना मध्ये एकजना क्याप्टेन, एकजना चिफ इन्जिनियर र १९ जना चालक दलका सदस्यहरू रहेको पालु एसएआर अफिसका प्रमुख मुह रिजालले बताउनु भएको छ । सबै सदस्यहरूलाई सुरक्षित फेला परे पछि एसएआर सञ्चालन हाललाई बन्द गरिएको उहाँले बताउनु भएको छ ।

रिजालले सबै मानिसहरूलाई उद्धार गरि स्वास्थ्य जाँचका लागि स्थानीय अस्पतालमा लगिएको बताउनु भएको छ ।

यस अघि आइतबार साँझ तालियाबु टापुबाट केमा गाउँ प्रस्थान गरे पछि उक्त डुङ्गा डुबेको रिपोर्ट गरिएको थियो भने डुङ्गामा रहेका सबै यात्रुहरू बेपत्ता भएको पालु खोजी र उद्धार कार्यालयले जनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *