विश्व

जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिदा नौ जनाको मृत्यु, ४५ बेपत्ता

जिबूतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन ९आइओएम० ले बिहीबार जनाएको छ ।

गत मार्च –२४ को राति जिबूतीको तटमा ३२० जना आप्रवासी यात्रुहरू बोकेको जहाज दुर्घटना भएको आइओएमले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ ।

संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सीले जिवित तथा वेपक्ता मानिसहरूलाई सहयोग गर्न र खोजी र उद्धार प्रयासहरू स्थानीय अधिकारीहरूसँग मिलेर गरिरहेको बताएको छ ।

पछिल्लो त्रासदीपुर्ण घटना जिबूतीको लाल सागर तटमा रिपोर्ट गरिएका धेरै घातक दुर्घटनाहरू मध्ये एक भएको जनाइएको छ । द्वन्द्वग्रस्त यमन हुँदै मध्यपूर्व पुग्ने आशामा धेरै आप्रवासीहरूले डुङ्गाको खतरनाक यात्रा गर्ने गरेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *