जनकपुर। धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा अगाडि हुनुहुन्छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ३२ हजार मतगणना हुँदा झाले १९ हजार ९९८ मत प्राप्त गर्नुभएको छ ।
यहाँ नेपाली कांग्रेसका बिमलेन्द्र निधिले नौ हजार ६४ र नेकपा (एमाले) का जुलिकुमारी महतोले दुई हजार ३९९ मत प्राप्त गरेकी छन् ।




