देश

बाँकेमा किरियापुत्रीद्वारा मतदान

खजुरा, (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका-७ स्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा किरियापुत्रीले मतदान गरेका छन् । नेपालगञ्ज-७ निवासी दिवङ्गत ८४ वर्षीय कमल राणाका छोरा सुनिलनरसिंह राणासहित मातृ शोकमा रहेका परिवारका सदस्यहरूले उक्त मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

यसैगरी नेपालगञ्ज-६ निवासी दिवङ्गत ९६ वर्षीया रामप्यारी कुर्मीका छोरा माधवराम बर्मासहित मातृ शोकमा रहेका उहाँका परिवारका सदस्यहरूले नेपालगञ्ज-७ स्थित हडियाबाबा मठ केन्द्रमा मतदान गर्नुभएको उक्त केन्द्र (ख)का सहायक मतदान अधिकृत अल्का मिश्रले जानकारी दिनुभयो ।

जिल्लाका सबै मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा आज बिहानदेखि मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । शान्तिसुरक्षाका लागि नेपाल प्रहरी, शासस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *