खेलकुद

जय ट्रफी: पुलिस क्लबलाई ९ विकेटले हराउदै आर्मीले जित्यो पहिलो खेल

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले जय ट्रफीको पहिलो खेल जितेको छ । शनिबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ९ विकेटले पराजित गरेको हो ।

पुलिसले दिएको केवल ४२ रनको लक्ष्य पछाएको आर्मीले एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पुलिसले पहिलो इनिंगमा १८७ रन बनाएको थियो भने आर्मीले २३४ रन बनाएको थियो । त्यस्तै दोस्रो इनिंगमा पुलिस क्लब केवल ८८ रनमा अलआउट भएपछि आर्मीले ४२ रनको लक्ष्य पाएको थियो ।

यस खेलमा आर्मीका लागि पहिलो इनिंगमा भिम सार्कीले १०५ रनको शतकीय पारी खेलेका थिए ।

अब त्रिभुवन आर्मी क्लबले अर्को खेल सोमबार बागमती प्रदेशविरुद्ध खेल्ने तालिका छ भने पुलिस क्लबले एपीएफ क्लबसँग खेल्ने छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *