विश्व

इजरायलद्वारा रमजानमा अल–अक्सा जाने दश हजार प्यालेस्टिनीलाई अनुमति दिने घोषणा

इजरायलले बुधवार देखि सुरु भएको रमजानमा पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिदमा जनाको लागि दश हजार जना प्यालेस्टिनी उपासकलाई साप्ताहिक प्रार्थनामा भाग लिन अनुमति दिने घोषणा गरेको छ ।

इजरायली अधिकारीहरूले मस्जिद परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइ ५५ वर्ष वा सोभन्दा बढी उमेरका पुरुष, ५० वर्ष वा सोभन्दा बढी उमेरका महिला र १२ वर्ष सम्मका बच्चाहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको जनाएका छन् ।

“दस हजार प्यालेस्टिनी उपासकहरूलाई रमजानको महिना भरि शुक्रबारको प्रार्थनाका लागि टेम्पल माउन्टमा प्रवेश गर्न अनुमति दिइने तयारी भएको प्यालेस्टिनी नागरिक मामिलाका लागि इजरायली रक्षा मन्त्रालयको एजेन्सी कोगाटले विज्ञप्ति मार्फत जनाएको छ ।

रमजानको समयमा, लाखौं प्यालेस्टिनीहरू परम्परागत रूपमा अल– अस्कामा प्रार्थनामा भाग लिने गर्छन् । अल–अक्सा, इस्लामको तेस्रो पवित्र स्थल, हो जुन पूर्वी जेरुसेलममा अवस्थित छ, जसलाई इजरायलले सन् १९६७ मा कब्जा गरेको थिायो ।

प्यालेस्टिनी जेरुसेलम गवर्नरेटले यस हप्ता इजरायली अधिकारीहरूले इस्लामिक जोर्डनियनलाई रोकेको बताएको छ । हाल अस्थाई संरचनाहरू स्थापना गर्ने र अस्थायी चिकित्सा क्लिनिकहरू स्थापना गर्ने सहित रमजान अघिका नियमित तयारीहरू भई रहेको जनाइएको छ ।

अल–अक्सा मस्जिदका एक वरिष्ठ व्यक्ती इमाम शेख मुहम्मद अल–अब्बासीलाई उदृत गर्दै एएफपीले उहाँलाई पनि परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको जनाएको छ । अब्बासीले सोमबार देखि लागु भएको प्रतिबन्धको कारण बारे आफु जानकार नभएको बताउनु भएको छ ।

रमजानमा यहूदीहरूले अल– अस्का भ्रमण गर्ने गर्छन भने अक्सा परिसरलाई उनीहरूले पहिलो र दोस्रो यहुदी तीर्थ स्थलको रूपमा सम्मान गर्छन विडम्बना उनीहरूलाई त्यहाँ प्रार्थना गर्ने अनुमति छैन ।

इजरायलले यो स्थितिलाई कायम राख्न प्रतिबद्ध रहेको बताएको छ, यद्यपि प्यालेस्टिनीहरूले यसको बिरोध गर्ने डर रहेको जनाइएको छ ।

पछिल्लो समयमा यहुदी अतिराष्ट्रवादीहरूको बढ्दो सङ्ख्याले प्रार्थना प्रतिबन्धलाई चुनौती दिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *