राजनीति

एमाले चुनावी अभियानमा ओलीको झापा दौडाहा

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन् । निर्वाचन लक्षित कार्यक्रममा सहभागिता जनाउन उनी जिल्ला प्रवेश गरेका हुन् ।

ओलीको सचिवालयका अनुसार उनको झापा भ्रमण निर्वाचन तयारी तथा संगठनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमहरूमा केन्द्रित रहनेछ ।

भ्रमणका क्रममा उनले स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्ने, चुनावी रणनीति तथा संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।

विमानस्थलमा पार्टीका स्थानीय नेतृत्व तथा कार्यकर्ताले अध्यक्ष ओलीको स्वागत गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *