विश्व

युगान्डामा ३० जना विपक्षी समर्थक मारिए, दुई हजार पक्राउ

युगान्डाका सेना प्रमुख तथा नवनिर्वाचित राष्ट्रपति योवेरी मुसेभेनीका छोराले शुक्रबार मतदानपछि ३० जना विपक्षीहरु मारिनुका साथै दुई हजारलाई हिरासतमा लिएको बताउनु भएको छ ।

जनवरी– १५ को चुनावपछि सुरक्षा बलले घरमा छापा मारेको आरोप लगाएपछि विपक्षी नेता बोबी वाइन शुक्रबार लुकेर बसेको जनाइएको छ ।

उहाँले चुनावलाई नियम विपरित भन्दै विरोध प्रदर्शनको आह्वान गर्नु भएको छ ।

निर्वाचन आयोगका अनुसार ८१ वर्षीय मुसेभेनीले ७२ प्रतिशत मतसहित सातौँ कार्यकाल जित्नु भएको छ ।

अफ्रिकी पर्यवेक्षकहरू र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले विपक्षीहरूको भारी दमन र इन्टरनेट बन्दको आलोचना गरेका छन् ।

दुई हजार भन्दा बढी आरोपीहरुलाई पक्राउ गरेको सेना प्रमुख मुहोजी कैनेरुगाबाले वाइनको उपनाम प्रयोग गर्दै सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नु भएको छ ।

“अहिलेसम्म ३० जना एनयुपी आतङ्ककारीहरूलाई मारेको वाइनको पार्टी, नेसनल युनिटी प्लेटफर्मलाई उल्लेख गर्दै उहाँले बताउनु भयो ।

पछिल्लो समयामा पक्राउ परेका मध्ये युगान्डाको बुटाम्बाला क्षेत्रका विपक्षी सांसद मुवाङ्गा किभुम्बी पनि रहेको जनाइएको छ । जहाँ चुनावको दिन सबैभन्दा गम्भीर हिंसा भएको रिपोर्ट गरिएको थियो ।

किभुम्बीलाई उदृत गर्दै एएफपीले सुरक्षा बलले उहाँको घरमा आक्रमण गरी दश जना अभियान एजेन्टहरूको हत्या गरेको र समर्थकहरूलाई भोट गणना केन्द्र र प्रहरी स्टेसन जलाउने प्रयास गरेपछि गोली हानिएको जनाएको छ ।
विपक्षी दलका वकिललाई उदृत गर्दै ६०० भन्दा बढी मानिसहरूलाई चुनावी विरोध प्रदर्शनमा पक्राउ गरिएको एएफपीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *