इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले द्वन्द्व समाधान गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको “शान्ति बोर्ड“ मा सामेल हुने निमन्त्रणा स्वीकार गरेको नेतन्याहुको कार्यालयले बुधबार जनाएको छ ।
“प्रधानमन्त्री नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणा स्वीकार गरी विश्वका नेताहरू मिलेर बनेको शान्ति बोर्डको सदस्यको रूपमा सामेल हुने घोषणा गरेको कार्यालयले एक विज्ञप्ति मार्फत जनाएको छ ।
बोर्डले “स्थिरता प्रवद्र्धन गर्न, भरपर्दो र कानुनी शासन पुनस्र्थापना गर्न र द्वन्द्वबाट प्रभावित वा खतरामा परेका क्षेत्रहरूमा स्थायी शान्ति सुरक्षित गर्न सहभागी हुन आमन्त्रित देशहरूलाई पठाइएको बडापत्रको प्रस्तावनामा लेखिएको छ ।
यसको अध्यक्षता ट्रम्प आफैले गर्ने जसले संयुक्त राज्य अमेरिकाको प्रतिनिधिको रूपमा “छुट्टै सेवा“ पनि गर्ने जनाइएको छ ।
बोर्डका लागि दर्जनौँ देश र नेताहरूले उनीहरूले निमन्त्रणा प्राप्त गरेका छन्, भने केहि विरोधमा पनि उभिएका छन् ।
यद्देपी लामो समयदेखि अमेरिकाको सहयोगी रहेको फ्रान्सले यसमा सामेल नहुने सङ्केत गरेको छ ।
गत हप्ता बोर्डको गठनको घोषणा गर्दा, ट्रम्पले यस निकाय अन्तर्गत सञ्चालन हुने “गाजा कार्यकारी बोर्ड“ स्थापना गर्ने योजना पनि सार्वजनिक गर्नु भएको थियो ।
कार्यकारी बोर्डमा टर्कीका विदेश मन्त्री हाकान फिदान र कतारी कूटनीतिज्ञ अली अल–थावादी सामेल हुने जनाइएको छ ।
नेतान्याहूले उनीहरूलाई समावेश गर्ने विषयमा मा भने कडा आपत्ति जनाउनु भएको छ ।
सन् २०२३ अक्टोबर मा इजरायलमा हमासले गरेको अभूतपूर्व आक्रमणपछि गाजामा युद्ध सुरु भएदेखि टर्की र इजरायलबीचको सम्बन्ध बिग्रिएको छ ।
अक्टोबरमा ट्रम्पले घोषणा गरेको युद्धविराम योजनाको दोस्रो चरणमा गाजाको दैनिक प्रशासनको निरीक्षण गर्न १५ प्यालेस्टिनी टेक्नोक्र्याटहरूको छुट्टै समिति पनि गठन गरिएको छ ।
गाजाका मूल निवासी र पूर्व प्यालेस्टिनी प्राधिकरणका उपमन्त्री अली साथको नेतृत्वमा रहेको समितिले यस हप्ता कायरोमा आफ्नो प्रारम्भिक काम सुरु गरेको जनाइएको छ ।




