विश्व

अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी

सोमालियाको सेनाले देशको मध्य क्षेत्रमा अल शबाब विरुद्ध सैन्य कारबाहीका क्रममा २९ जना अल शबाब लडाकु मारिएको दावी गरेको छ ।

विज्ञप्ति जारी गदौ सोमाली सेनाले राजधानी मोगादिशुको दक्षिण–पूर्वमा रहेको मध्य शाबेल क्षेत्रको जुबाद गुद्नी क्षेत्रमा आतङ्कवादी स्थानहरूलाई लक्षित गरी अपरेसन सरु गरेको बताएको छ ।

अपरेसनमा मारिनेहरूमा वरिष्ठ कमाण्डर र प्रमुख अपरेटिभहरू समेत रहेको सेनाले जनाएको छ ।

पछिल्लो हप्तादेखि चलिरहेको अभियानको एक हिस्साको रूपमा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वयमा अपरेसन गरिएको विज्ञप्तिमा भनिएको छ । सेनाले व्यापक अभियानले अलनाली र हावडलेका क्षेत्रहरू पनि समेटेको उल्लेख गर्दै लगभग १३५ अल शबाब लडाकुहरूको मृत्यु भएको र समूहका धेरै आधारहरू ध्वस्त भएको जनाएको छ ।

अल कायदासँग जोडिएको अल शबाबले एक दशक भन्दा बढी समयदेखि सोमाली सरकारसँग लडिरहेको छ । पछिल्लो समयमा सोमाली सुरक्षा बलले समूहको बिरूद्ध तीव्र आक्रमणको एक हिस्साको रूपमा देशको मध्य र दक्षिणी भागका धेरै सहर र गाउँहरू पुनः कब्जा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *