राजनीति

संघीय निर्वाचन नलड्न मेयर दाहाललाई श्रेष्ठको बिन्तीपत्र

काठमाडौँ। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई संघीय संसदको आगामी निर्वाचन नलड्न सुझाव दिइएको छ ।

नुवाकोटका अनमेष श्रेष्ठले सार्वजनिक बिन्तीपत्रमार्फत मेयर दाहाललाई हालको जिम्मेवारीमै रहेर कामलाई निरन्तरता दिन आग्रह गरेका हुन् । उनले भरतपुरका लागि दाहालले गरेका काम सकारात्मक रहेको उल्लेख गर्दै गरिमामय मेयर पद छाडेर संघीय निर्वाचनमा जानु उपयुक्त नहुने तर्क गरेका छन् ।

श्रेष्ठले यदि संघीय निर्वाचन २०८२ मा भएमा त्यसपछि पुनः २०८७ मा अर्को निर्वाचन हुने र त्यसबीच लामो समय राजनीतिक तयारीमै बित्ने उल्लेख गरेका छन् । उनले स्थानीय तहको निर्वाचन २०८४ मा सर्न सक्ने सम्भावनासमेत औंल्याउँदै आगामी तीन वर्ष मेयर दाहालले आफ्ना काम लिएर जनतामाझ जानुपर्ने सुझाव दिएका छन् ।

बिन्तीपत्रमा अघिल्लो निर्वाचनमा पराजित ‘डाक्टर साब’लाई यसपटक अवसर दिनु उपयुक्त हुने उल्लेख गर्दै त्यसले पार्टी र राजनीतिमा सकारात्मक सन्देश जाने दाबी गरिएको छ ।

श्रेष्ठले मेयर दाहाललाई युवाहरूको आशा र भरोसाको प्रतीक भएको उल्लेख गर्दै अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।

प्रिय (दिदी) अर्थात् कमरेड रेणु दाहाल म हजुर को शुभचिन्तक तथा हजुरले सम्झनु भयाे भने प्रिय भाइ भन्नू म हजुरलाई मेरो बिन्ती पत्र सहितको सुझाव हजुरलाई हजुर को अगाडी पछाडि हिँड्नेले के सुझाव दियो थाहा छैन मेरो सुझाव भरतपुर महानगर पालिकाको नगरप्रमुख (मेयर) पद जस्तो गरिमामय पद बाट राजीनामा दिएर सङ्घीय संसद् न उठ्नु किनकि हजुरले भरतपुर काे लागि धेरै राम्रो काम गर्नु भएको छ ।

यदि याे चुनाव भयाेभने २०८२ मा हुन्छ र यसको ठिक ५ बर्ष अर्थात् २०८७ मा अर्को निर्वाचन हुन्छ र तपाईँ संसद् भन्दा महत्त्वपूर्ण मेयर पद २०८४ सम्म छ र यदि याे चुनाव भयमा २०८४ काे चुनाव विभिन्न कारणले सरेर मंसिरमा पुग्ने छ यसो भयमा २०८४ काे मंसिरमा मात्रै स्थानीय तहको निर्वाचन हुन्छ त्यस परिस्थितिमा तपाईँको समय रहन्छ ३ बर्ष यश अवधि मा तपाइ आफूले गरेको काम लिएर जनताको मा जानू र ३ बर्ष पर्खिएर तपाईँ ले गत निर्वाचनको घाइते डाक्टर साबलाई टिकट दिएर जिताउनु भयाे भने तपाईँको कद कहाँ पुग्छ ।

यसैले यस निर्वाचनको उम्मेदवार डाक्टर साब हाे हजुर युवा हरुकाे ढुकढुकी र साहस मात्रै होइन यश फोहोरी राजनीति काे आहाल सफा गर्ने माहान युवा नेता हुनुहुने छ।
प्रिय युवा नेता हजुरलाई मेरो बिन्ती पत्र यही हाे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *