खेलकुद

बङ्गलादेश प्रिमियर लिग खेल्दै सन्दीप

काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् ।

सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ ।

यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ ।

राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९-२० को सिजन जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *