अपगानिस्तान । पश्चिमी अफगानिस्तानको फराह प्रान्तको इरानी सीमामा सुरक्षाकर्मीले अफगान नागरिक माथि गोली चलाउदा १० जना अफगान नागरिकहरूको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रान्तीय प्रहरी प्रवक्ता मावलवी मोहम्मद नासिम बद्रीले विज्ञप्ति मार्फत फराह प्रान्तका अफगान बासिन्दाहरू इरानमा प्रवेश गर्ने प्रयास गरिरहेको अवस्थामा इरानी सीमाका खटिएका सुरक्षाकर्मीहरुले गोली चलाए पछि उनीहरूको घटना स्थलमै मृत्यु भएको खबताउनु भएको छ ।
इरानले यस बर्ष मात्र हजारौँ अफगानहरूलाई निष्कासन गर्दै कानुन बमोजिम कागजातहरू बिना देशमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई देश छोड्न आग्रह गरेको छ । यसको बाबजुद, पनि धेरै अफगानहरू बेरोजगारी र गरिबीबाट बच्न दैनिक आफ्नो मातृ भूमि छोडेर इरान लगायत अन्य देशमा जाने गरेको जनाइएको छ ।




