खेलकुद

एनपीएल: कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको कर्णाली याक्सले २० ओभरमा ३ विकेट गुमाउदै १६० रन बनाएको हो ।

कर्णालीका लागि प्रियांक पन्चलले सर्बाधिक ६३ रन बनाए भने विलियम बोसिस्टोले अविजित ४८, गुलशन झाले २० र नाजिबुल्लाह जद्रानले १२ रन बनाए ।

त्यस्तै विराटनगरका बलर मर्चेन्ट डि लान्ग र सन्दीप लामिछानेले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *