काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गठन गरेको नेशनल भोलन्टियर फोर्स एमालेप्रति असहमति राख्ने व्यक्तिको पनि सुरक्षा गर्न तयार रहेको बताएका छन्।
शुक्रबार काठमाडौँमा फोर्स घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हालैको जेन–जी आन्दोलनले देखाएको जस्तो अवस्था पुनः नदोहोरियोस् भनी पार्टीले यो फोर्स गठन गर्न आवश्यक परेको बताए।
उनी भन्छन्,“यो राष्ट्रिय हितका लागि गठन भएको हो। एमालेप्रति विमति राख्ने वा यस संगठनप्रति असहमति राख्नेको पनि ज्यान–धन र अधिकारको रक्षा गर्ने उद्देश्य छ। यसका कारण कोही आत्तिनु वा डराउनुपर्ने छैन। यो देशमा शान्ति र सुव्यवस्था कायम गर्न सहयोग गर्ने लक्ष्यसहित स्थापना गरिएको हो। राज्य संयन्त्रले मात्र सुरक्षा गर्न नसक्ने भएपछि यसको आवश्यकता परेको हो।”




