राजनीति

अमेरिकाबाट डिपोर्ट गरिएका थापा रास्वपाको विस्तारित बैठकमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी विस्तारित बैठकमा पूर्वकेन्द्रीय सदस्य मोहन थापाको सहभागिताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । गत साउनमा अमेरिकाबाट देश निकाला गरिएका थापाको उपस्थिति बैठकमा सबैको चासोको विषय बनेको छ ।

गत वर्ष फागुनमा अमेरिकामा पक्राउ परेका थापालाई गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तनले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा उनी अध्यागमन तथा अन्य अमेरिकी कानुन उल्लंघनको कसुरमा तानिएका थिए।

डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई देश निकाला गर्न सुरु गरेपछि थापा पनि त्यसको शिकार बनेका थिए । मोहन थापाको अमेरिकाबाट देश निकाला गरिनु र अहिले रास्वपाको बैठकमा उनको सहभागिताले नेपाली राजनीतिमा एउटा नयाँ आयाम थपेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *