देश

नगरप्रमुख गुरुङ र मन्त्री घिसिङबीच भेट, स्थानीय परियोजनामा सहयोगको आश्वासन

बेलकोटगढी ।बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङले शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग भेट गरी नगरभित्रका योजनाहरूमा सहकार्यका सम्भावनाबारे छलफल गरेका छन् ।

नगरप्रमुख गुरुङले भेटका क्रममा नगरपालिका भित्र सञ्चालनको तयारीमा रहेका विभिन्न योजना र अत्यावश्यक परियोजनाहरूको प्राथमिकता, आवश्यकता तथा स्थानीय अपेक्षाका विषयमा मन्त्री घिसिङको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री घिसिङले स्थानीय तहका प्राथमिकतालाई सम्बोधन गर्दै आवश्यक सहयोग र सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै परियोजनाहरू अघि बढाउन मन्त्रालयस्तरबाट सहयोग गर्ने आश्वासन दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *