खेलकुद

अमेरिकाविरुद्ध दिपेन्द्रको अर्धशतक

काठमाडौं । दीपेन्द्र सिंह ऐरीले अमेरिकाविरुद्ध अर्धशतक बनाएका छन् ।

आईसीसी विश्वकप लिग- २ अन्तर्गत यूएईमा जारी एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालका उपकप्तान दीपेन्द्रले अमेरिकाविरुद्ध ४३ बलमा अर्धशतक पुरा गरेका हुन् ।

दुबईस्थित आईसीसी एकेडेमीमा जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । यो समाचार तयार गरुन्जेल नेपालले ३८ ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *