विश्व

पाकिस्तानी जेलबाट ३०० भन्दा बढी अफगान कैदी मुक्त भई स्वदेश फिर्ताः मन्त्रालय

गत हप्तामा पाकिस्तानी जेलबाट ३०५ जना अफगान कैदीहरू रिहा भई सुरक्षित रूपमा अफगानिस्तानमा फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

कैद मुक्त गरिएका कैदीहरूलाई एक दिनदेखि दुई महिनासम्मको सजायको लागि पाकिस्तानका विभिन्न स्थानमा राखिएको थियो । उनीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा पार गरेर अफगानिस्तान फर्किएको मन्त्रालयले जनाएको छ ।

स्वदेशमा उनीहरूले तत्काल आवाश्यक मानवीय सहायता प्राप्त गरी पुनःएकीकरण समर्थनका लागि उनीहरूको गृह प्रान्तहरूमा सारिएको मन्त्रालयले जनाएको छ ।

गत जुलाईको अफगान विदेश मन्त्रालयको तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा बन्दी बनाइएका छन्, भने अधिकाशं छिमेकी इरान र पाकिस्तानमा रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *