विश्व

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

त्रिपोली लिबिया। पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ ।

जावियाको आपतकालीन सेवा तथा उद्धार टोलीहरूले डुङ्गाबाट ९२ जनाको उद्धार गरी उनीहरुको जिवन बचाउन सफल भएको उल्लेख गर्दै समुद्रमा डुङ्गा डुब्दा बेपत्ता भएका व्यक्तिहरूको खोजी जारी रहेको बताएको छ ।

लिबियाका अधिकारीहरूले हालै बेनगाजीको पूर्वमा लिबियाको तट पार गर्ने अनियमित (गैरकानुनी) आप्रवासीहरूको सामूहिक प्रयासलाई असफल तुल्याएको जनाएका छन् ।

पछिल्लो समय लिबिया युरोप पुग्न खोज्ने अनियमित आप्रवासीहरूका लागि ट्रान्जिट पोइन्ट बनिरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *