विश्व

अफगानी सेनाद्वारा इरानमा अवैध रूपमा प्रवेश प्रयास गर्ने २०२ जनालाई पक्राउ

अफगानी सेनाले छिमेकी देश इरानमा अवैध रूपमा प्रवेश गर्ने प्रयास गरेको आरोपमा इरानसँगको सिमानामा २०२ जनालाई पक्राउ गरेको मङ्गलबार पश्चिमी क्षेत्रको राष्ट्रिय सेनाले एक विज्ञप्ति मार्फत जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूलाई गत हप्तामा पश्चिमी हेरात प्रान्तको घोरियन जिल्लाबाट हिरासतमा लिइएको विज्ञप्तिमा जनाइएको छ ।

यद्यपि सयौं अफगान शरणार्थीहरू इरानबाट दैनिक आफ्नो मातृभूमि अफगानिस्तान फर्कन्छन्, धेरै अफगानहरू आफ्नो युद्ध पछिको देशमा गरिबी र बेरोजगारीबाट बच्न हरेक दिन अवैध रूपमा इरान जान्छन् ।

अफगान सरकारले मानव बेचबिखन र छिमेकी देशहरूमा अवैध पारगमन रोक्ने वाचा सहित सिमा नाकाहरुमा कडाई गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *