विश्व

इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार छैनः इरान

आणविक वार्तामा प्रगति नभए आगामी महिनाहरूमा संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः सक्रिय गर्ने धम्की दिएपछि इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्ना युरोपेली समकक्षीहरूलाई शुक्रबार इयूसँग प्रतिबन्ध लगाउने कुनै आधार नरहेको बताउनुभएको छ ।

“यदि इयू÷इ–३ ले भूमिका खेल्न चाहन्छ भने, उनीहरूले जिम्मेवारीपूर्वक कार्य गर्नुपर्दछ र खतरा र दबाबको जीर्ण नीतिहरूलाई अलग राख्नुपर्छ, अराघचीले एक्समा लेख्नुभएको छ ।

इयूले प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा आएको तर उनीहरूसँग यसका लागि कुनै नैतिक वा कानुनी आधार छैन,” उहाँले भन्नुभयो ।

उहाँले अगाठि थप्नुभयो, “अब कुनै पनि नयाँ चरणको वार्ता अर्को पक्ष निष्पक्ष, सन्तुलित र पारस्परिक लाभकारी आणविक सम्झौताका लागि तयार हुन्छ त्यतिबेला मात्र सम्भव हुनेछ ।”

अराघचीले आफ्ना बेलायती, फ्रान्सेली र जर्मन समकक्षी तथा युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लाससँग ‘कन्फरेन्स कल’ गरेपछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

फ्रान्सको विदेश मन्त्रालयले भनेको छ, “युरोपेली कूटनीतिज्ञहरूले अराघचीलाई प्रतिबन्ध पुनः सक्रिय गर्ने चर्चा (स्न्यापब्याक) संयन्त्र प्रयोग गर्ने आफ्नो दृढताबारे बताएका थिए । स्न्यापब्याक इरानविरुद्ध सबै अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ ।

ग्रीष्मयामको अन्त्यसम्म इरानको आणविक कार्यक्रमसम्बन्धी नयाँ सम्झौताको दिशामा ठोस प्रगति नभएमा स्न्यापब्याक इयूले स्नापब्याकका सिफारिस गर्नसक्ने फ्रान्सेली विदेश मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *