देश

उच्च सतर्कता अपनाउँदै र तयारी अवस्थामा रहन मुख्यमन्त्रीको निर्देशन

कैलाली। अबिरल वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानहरू प्रभावित भएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन र आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

गएको रातिदेखि लगातार परेको भारी वर्षाका कारण कैलाली, कञ्चनपुरलगायतका जिल्लाहरूमा डुबान र जलमग्नको अवस्था सिर्जना भएको छ। विपद्‌ व्यवस्थापनलाई प्राथमिकता दिँदै मुख्यमन्त्री शाहले सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार मोहना नदीमा पानीको बहाव सतर्कता तह नाघिसकेको छ, र बाढीको जोखिम अझै कायमै रहेको छ। नदी किनार क्षेत्रका बासिन्दालाई आज बेलुकासम्म विशेष सतर्क रहन विभागले अनुरोध गरेको छ।

सुरक्षा निकायहरूलाई तत्काल उद्धार र राहतमा लाग्न सक्नेगरी तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *