खेलकुद

विश्वकप लिग-२ मा आज स्कटल्याण्ड र नेदरल्याण्डस खेल्दै

काठमाडौँ । जारी आसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज स्कटल्याण्ड र नेदरल्याण्डसबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजमा स्कटल्याण्डले २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपालविरुद्धको एक खेलमा हार बेहोरेको छ भने नेपाल र नेदरल्याण्डसविरुद्ध एक एक जित हासिल गरेको छ । त्यस्तै नेदरल्याण्डसले भने यस सिरिजमा आफ्ना तिनै खेलमा हार बेहोरेको छ । नेदरल्याण्डसले नेपालसँगका दुवै खेलमा हार बेहोरेको छ भने स्कटल्याण्डविरुद्ध पहिलो खेलमा हार बेहोरेको छ ।

त्यस्तै सिरिजमा नेपालले खेलेका आफ्ना सबै चार खेलमा ३ जित र एक हार बेहोरेको छ ।

स्कटल्याण्ड र नेदरल्याण्डस अहिलेसम्म १५ एकदिवसीय खेल खेलेका छन् । जसमा स्कटल्याण्डले ९ खेल जितेको छ भने नेदरल्याण्डसले ५ खेल जितेको छ । त्यस्तौ एक खेलको नतिजा आएको छैन ।

लिग-२ को अंक तालिकामा नेदरल्याण्डसको २३ खेलमा २६ अंक रहेको छ र हाल दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपालको भने १६ खेलमा १२ अंक भएको छ र हाल सातौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *