काठमाडौं । अस्ट्रियामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरिएको छ ।
मंगलबार अस्ट्रियाको ग्राट्ज शहरस्थित एक विद्यालयमा भएको गोलीबारीमा १० जनाको मृत्यु भएपछि राष्ट्रिय शोकको घोषणा गरिएको हो ।
गोलीबारीको घटनामा ७ विद्यार्थीसहित १० जनाको मृत्यु भएको बताइएको छ । जसमा ७ जना महिला रहेका छन् ।
घटनामा १२ जना घाइते भएका छन् । गोली चलाउने २१ बर्षिय पुर्व विद्यार्थी रहेको बताइएको भएपनि उनको परिचय खुलाइएको छैन । उनले किन गोली चलाए भन्ने पनि स्पष्ट नभएको बताइएको छ ।
राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाइएको छ भने देशभर एक मिनेट मौनधारण गरिएको छ ।




