विश्व

इरानसँग सम्झौता गर्न चाहन्छु- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति आफ्नो अडान परिवर्तन गरेका छन् ।साउदी अरेबिया भ्रमणमा रहेका राष्ट्रपति ट्रम्पले रियादमा साउदी-अमेरिका लगानी मञ्चलाई सम्बोधन गर्ने क्रममा इरानले क्षेत्र विभाजन र विदेशमा रक्तपातलाई आर्थिक सहयोग गरेको आरोप लगाए पनि इरानसँग आफुले वार्ता गर्न चाहेको स्पष्ट गरेका हुन् ।

उनले भने- ‘म इरानसँग सम्झौता गर्न चाहन्छु । यदि म इरानसँग सम्झौता गर्न सके भने, म धेरै खुसी हुनेछु ।’ ट्रम्पले आफ्नो भ्रमण विगतमा इरानका नेताहरूले गरेको अराजकताको निन्दा गर्न मात्र नभई उनीहरूलाई ‘आशावादी भविष्य’ तर्फ ‘नयाँ र राम्रो बाटो’ देखाउन पनि भएको बताए ।

उनले यदि इरानी नेतृत्वले छिमेकी देशहरूमा आक्रमण गर्न जारी राख्यो भने हामीसँग कुनै विकल्प रहने छैन र इरानमाथि अधिकतम दबाब दिनुपर्नेछ । यसको लागि आफुहरु इरानको तेल निर्यात पूर्ण रूपमा बन्द गर्नेसम्म जान सक्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *