खेलकुद

आईपीएल अनिश्चितकालका लागि स्थगित, विदेशी खेलाडीलाई घर पठाइँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को हालको सिजन बिचमै स्थगित गरिएको छ ।

 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को बैठकले आइपिएलको हालको सिजन बिचमै स्थगित गर्ने निर्णय गरेको हो ।

बीसीसीआईका अनुसार आजदेखि कुनै पनि खेल हुनेछैन । बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने पनि जनाएको छ ।

 

अब पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *