देश

गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्नुपर्छः श्रममन्त्री भण्डारी

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गृहणी महिलालाई आवश्यक सिप प्रदान गर्न सके आन्तरिक रोजगारी सृजना गर्न सहायक सिद्ध हुने बताएका छन् ।

बुधवार मन्त्रालयमा नेपाल हस्तकला महासंघ र राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानबीच श्रम सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन ।

उनले घरमा बसेर काम गर्न सक्ने गृहणी महिलालाई आवश्यक सिप प्रदानगरी अरुलाई पनि रोजगार प्रदान गर्न सक्ने सम्भावना रहेको बताउनु भयो । उनीहरुले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नु पर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उक्त अवसरमा मन्त्री भण्डारीले छिटै रोजगारका लागि राष्ट्रिय स्तरको पोर्टल श्रमसन्सार ल्याउन लागिएको जानकारी दिँदै यसले आन्तरिक रोजगारीका लागि सृजना गर्न मद्दत पुग्ने विश्वाससमेत व्यक्त गरेका छन ।

नेपाल हस्तकला महासंघसँग गरिएको सम्झौताले लोप हुन लागेको पेशा तथा दक्ष व्यक्ति उत्पादन गर्नका लागि सहायक सिद्ध हुने जिकिर गर्दै यसले वैदेशिक रोजगारमा हुने निर्भरतालाई केही हदसम्म कम गर्न सहयोग सावित हुने उनले बताए । उनले दक्ष जनशक्ति निर्माण गर्न सके नेपालमा पनि अवसरको कमी नहुने औंल्याएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *