देश

शिक्षामा नगरप्रमुखको चासो: परीक्षा अनुगमन र विद्यार्थी तथ्याङ्क सङ्कलन अभियान

बेलकोटगढी । बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगत बहादुर गुरुङले आज नगरपालिकाभित्रका दुई विद्यालयमा आकस्मिक अनुगमन  गरेका छन्। उनले पञ्चासे माध्यमिक विद्यालय र विकास आधारभूत विद्यालयको भ्रमण गरी कक्षा १ देखि ९ सम्मका परीक्षा र नगरपालिका स्तरीय कक्षा ८ को परीक्षाको अनुगमन गरे।

शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले नगरप्रमुख गुरुङले यो कदम चालेका हुन्। उनले परीक्षाको व्यवस्थापन र विद्यार्थीहरूको शैक्षिक अवस्थाको प्रत्यक्ष जानकारी लिए। उनले शिक्षकहरूसँग पनि अन्तर्क्रिया गरी विद्यार्थीहरूको सिकाइमा सुधार ल्याउन सुझाव दिए।

“हाम्रो प्राथमिकता विद्यार्थीहरूको गुणस्तरीय शिक्षा हो,” नगरप्रमुख गुरुङले भने, “यो निरीक्षणले हामीलाई विद्यालयहरूको वास्तविक अवस्था बुझ्न र आवश्यक सुधारका लागि कदम चाल्न मद्दत गर्नेछ।”

निरीक्षणका क्रममा उनले विद्यार्थीहरूको कुल संख्या पनि सङ्कलन गरे। नगरपालिकाले यस्ता निरीक्षणलाई नियमित रूपमा सञ्चालन गरी शिक्षा क्षेत्रको सुधारमा निरन्तर पहल गर्ने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *