देश

त्रिशूलीमा बेपत्ता रानाको खोजी गर्न गोताखोर परिचालन

काठमाडौं । नारायणगढ–काठमाडौं सडक खण्डबाट त्रिशूली नदीमा मोटरसाइकल खस्दा बेपत्ता चालकको खोजीका लागि गोताखोर परिचालन गरिएको छ ।

शुक्रवार बिहान मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बागमती प्रद्येश ०६–०२–प ९२०४ नम्बरको मोटरसाइकल चितवनको ईच्छाकामना गाउँपालिका -५ चट्टाने भीर (कालीखोला) मा डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा खस्दा लमजुङ चन्द्रेश्वर ३ का २७ वर्षीय रोहित राना बेपत्ता भएका थिए ।

त्रिशुलीमा मोटरसाइकल खस्यो, भारतीय सेनामा आवद्ध राना बेपत्ता

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार नदीमा बेपत्ता रानाको खोजी कार्यका लागि गोताखोर परिचालन भएको छ ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजी कार्यमा खटिएको छ । प्रहरीका अनुसार बेपत्ता राना भारतीय सेनामा आबद्ध रहेको परिचयपत्र घटनास्थलमा भेटिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *