देश

प्रचण्डको सचिवालयबाट बाहिरिए मल्ल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ल सचिवालयबाट बाहिरिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आइतबारदेखि स्वकीय सचिवको जिम्मेवारी छोडेको जानकारी गराएका हन् ।

मल्लले एक फेसबुक पोस्टमार्फत भनेका छन्, ‘अध्यक्ष प्रचण्डको स्वकीय सचिवका रूपमा तीन वर्ष तीन महिना सेवा गरेपछि पार्टी केन्द्रीय कार्यालयको निर्णयअनुसार सचिवालयबाट बिदा लिएको छु ।’

सचिवालयमा रहँदा उनले ‘खुमलटारदेखि बालुवाटार र बालुवाटारदेखि खुमलटारसम्मको कार्ययात्रा’ सहज बनाउने जिम्मेवारी बहन गरेका थिए । मल्लले आफ्नो कार्यकालमा सहकार्य गर्ने सचिवालयका अन्य सदस्यहरू गंगा दाहाल, सन्तकुमार दरै लगायत सम्पूर्ण टिमप्रति आभार व्यक्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *