देश

३७ डिएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शुक्रबार राति एसपी बढुवा सिफारिस गरेको हो । हालसालै बढुवा भएपछि र रिक्त रहेको ३७ एसपी दरबन्दीमा प्रधान कार्यालयले बढुवा सिफारिस गरेको हो ।

बढुवाको पहिलो नम्बरमा कुलदीप चन्द परेका छन् । दोस्रो नम्बरमा सुमित खड्का र तेस्रो नम्बरमा ठाकुरप्रसाद पोखरेल परेका छन् ।

यस्तै, बढुवा सिफारिसमा समावेश भएकामा मनोहरप्रसाद भट्ट, दीपक गिरी, नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेवे, सूर्यबहादुर खड्का रहेका छन् ।

यस्तै, दीपक श्रेष्ठ, प्रेमबहादुर शाही, टेकबहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाईं, भरतकुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागाईं, किशोरकुमार श्रेष्ठ बढुवा सिफारिसमा परेका छन् ।

यसैगरी, मुकुन्दप्रसाद रिजाल, पवनकुमार भट्टराई, रविन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुकेश तण्डुकार, दधिराम न्यौपाने बढुवा सिफारिस भएका छन् ।

यस्तै, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रुगमबहादुर कुँवर बढुवा सिफारिस भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *