विश्व

निःशुल्क खाना वितरणमा इन्डोनेसियाको नयाँ कीर्तिमान

इन्डोनेसियाको निःशुल्क खाना वितरण कार्यक्रम ३१ प्रान्तका छ लाख ५० हजार स्कूले बालबालिकासम्म पुर्‍याएको राष्ट्रपति प्राबोवो सुब्यान्टोले बताउनुभएको छ ।

“सन् २०२५ जनवरीदेखि अप्रिलसम्म, कार्यक्रमले तीस लाख बालबालिकालाई लक्षित गर्ने लक्ष्य राखेको छ । अप्रिलदेखि अगस्ट सन् २०२५ सम्म यो ६० लाख बालबालिकामा पुग्ने छ । सबै इन्डोनेसियाका बालबालिकालाई पौष्टिक खानामा पहुँच हुनेछ,” प्राबोवोले बताउनुभयो ।

“यो एक रणनीतिक मुद्दा हो । हामी इन्डोनेसियाको भविष्यलाई बलियो बनाउँदैछौं । इन्डोनेसियाका बालबालिकाहरू बलियो, बौद्धिक, उत्साही र प्रभावकारी रूपमा विद्यालयमा उपस्थित हुन सक्षम हुनुपर्छ । मलाई विश्वास छ निकट भविष्यमा हामीले हाम्रा बालबालिकाको शैक्षिक प्रदर्शनमा सुधार देख्नेछौं,” उहाँले थप्नुभयो ।

जनवरी ६ मा सुरु भएको यो कार्यक्रमले विद्यार्थीलाई मात्र नभई गर्भवती महिला, स्तनपान गराउने आमा र पाँच वर्ष मुनिका बालबालिकालाई पनि समावेश गर्न आफ्नो दायरा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *