खेलकुद

सभापति कप : दशरथ रंगशालामा मच्छिन्द्र र एपीएफ भिड्दै

काठमाडौं। मच्छिन्द्र क्लब र एपीएफ क्लब आज प्रतिस्पर्धामा उत्रँदै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी सभापति कपमा आज मछिन्द्र र एपीएफ क्लब प्रतिस्पर्धामा उत्रन लागेका हुन । खेल दिउँसो ३ः०० बजेवाट सुरू हुनेछ ।

हिजोबाट सुरू भएको उदघाटन खेलमा संकटा क्लबले चर्च ब्वाइज युनाइटेड क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । नकआउट चरणमा सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न ८ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले २६ लाख तथा उपविजेता टोलीले १३ लाख नगद प्राप्त गर्ने नेपाल लोकतान्त्रिक खेलकुद संघले यसअघि नै घोषणा गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *