देश

धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान गर्छौंः खानेपानीमन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलवार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मन्त्री यादवले धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको बताए । उनले धरानको खानेपानीको समस्या यही वर्षभित्र समाधान हुने र टेण्डर चाँडै निकाल्ने बताए ।

जग्गा अधिग्रहणको काम बाँकी रहेकाले उपमहानगरपालिकाले जग्गा व्यवस्थापन गरेसँगै छिटै टेण्डर आह्वान हुने बताए । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘धरानको खानेपानीको समस्या समाधान गर्न खानेपानी मन्त्रालय पहिलादेखि नै लागिरहेको थियो । सबै अघि बढाइसकेका छौँ । धरानको खानेपानी समस्या समाधान हुन्छ । यसपालि टेण्डर निस्किन्छ । हर्का साम्पाङजी खुसी भएर नै जानुभएको छ । जग्गा अधिग्रहणको समस्या छ । धराने जनताको माग पूरा गर्न खानेपानी मन्त्रालय प्रतिबद्ध छ ।’

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्थानीय सरकारले केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने नहुने बताए । उनले एकले अर्कोलाई छेकेर देश चल्न नसक्ने बताए । पानीको दुःख सहरदेखि गाउँसम्मै रहेकाले यसको दीर्घकालीन समाधान हुनुपर्ने बताए ।

उनले भने ‘केन्द्रको स्वामित्व नमान्ने, प्रदेशको स्वामित्व नमान्ने भन्ने हुँदैन । एकले अर्कोलाई छेकेर देश चल्दैन । गाउँगाउँमा, सहर सहरमा खानेपानीको दुःख छ । हाम्रा ठूला ठूला नदीहरू, सप्तकोसी, कर्णाली, नारायणी जस्ता नदीहरू बगेर भारततिर गइरहेको अवस्था छ । त्यो पानीलाई लिएर हाम्रो धारामा झार्ने पनि क्षमता छैन । खानेपानी आधारभूत आवश्यकता हो । हामीलाई तीन करोड लिटर दैनिक खपत हुन्छ । डिपिआर गर्न ५ अर्ब करिब मागेका छौँ ।’

प्रमुख साम्पाङले धरानमा पानी तीन करोड लिटर दैनिक खपत हुने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *