
काठमाडौँ ।बौद्ध धर्मगुरु श्याल्पा तेन्जिन रिपोन्छेले स्वीरजरल्याण्डको डाबोर्समा बौद्ध दर्शन र नेपालमा विदेशी लगानी भित्र्याउनको लागि युनिभर्सल पिस फोरम गठन गर्न लाग्नुभएको छ ।
धार्मिक क्षेत्रमा एकदमै क्रियाशील रिपोन्छेले डावोर्समा हुने विश्व आर्थिक फोरम अर्थात् वर्ड एकोनोमिक फोरमा नेपाल लगानीको लागि र बुद्ध दर्शनको लागि एकदमै उपयुक्त र पवित्र स्थान भएको भन्दै आफ्नो धारणा राख्न लाग्नुभएको हो ।
लुम्बिनीमा विश्व शान्ति धाम अर्थात् युनिभर्सल पिस सेन्चुरी स्थापना गरिरहनुभएको उहाँले यो एक हार्डवेयर हो भने युनिभर्सल पिस फोरम गठन पछि नेपाल र लुम्विनको लागि लगानी भित्र्याउन एक सफ्टवेयरको रुपमा काम गर्ने दाबी समेत गर्नुभयो ।
जनवरी २० देखि २५ सम्म हुने उक्त फोरममा नेपालको तर्फबाट रिपोन्छेले विश्व शान्तिमा नेपाल र बुद्ध दर्शनले खेलेको भूमिका र वैदेशिक लगानी नेपालमा गर्न उपयुक्त स्थान रहेको बारे प्रवचन दिने कार्यक्रम छ ।
५६ देशका राष्ट्र प्रमुख र १ लाखभन्दा बढी प्रतिष्ठित व्यापारीहरू सहभागी हुने उक्त फोरममा नेपालको बारेमा र लुम्बिनीको ऐतिहासिक महत्वको बारेमा विश्वको ध्यान आकर्षित हुने भएको हो । रिपोन्छेको अगुवाइमा लुम्विनमा विश्व शान्ति धाम अर्थात् युनिभर्सल पिस सेन्चुरी धमाधम निर्माण भइरहेको छ । जसले विश्वमै नेपाल र लुम्बिनीको ध्यान खिचिरहेको छ ।