रोजगार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो कर्मचारी

काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

केन्द्रले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि १३ कर्मचारीका लागि आवेदन आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिने छ ।

दरखास्त फारम, शैक्षिक योग्यता र परीक्षा मिति लगायतका जानकारी केन्द्रको सूचना पाटीमा राखिने जानकारी पनि केन्द्रले दिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *