
काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अवरोधलार्ई जारी राख्ने भएको छ।आज प्रधानमन्त्रीसँग सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि कांग्रेसले अवरोधलाई जारी नै राख्ने भएको हो।
त्यस्तै आजै कांग्रेसको शीर्ष नेताहरुको बैठक बसेको थियो। उक्त बैठकले गृहमन्त्री लामिछानेको विषयलाई अन्यत्रै मोड्न खोजेको जस्तो मात्र गरिएकाले सहमत हुन नसकिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सरकारको तर्फबाट समग्र सहकारीको एकैपटक छानबिनको कुरा गरेर गृहमन्त्री लामिछानेलाई उम्क्याउन खोजिएको भन्दै आफूहरु सकारात्मक नभएको बताए।