दाङ । लुम्बिनी प्रदेशका नव नियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज (आइतबार) सानो आकारमा मन्त्रिमण्डल विस्तारसँगै थपह ग्रहण गर्दैछन् । आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथ लिएपछि थप तीन जना मन्त्रीले शपथ लिनेछन् ।
नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक गरी तीन जना मन्त्रीको पनि शपथ हुने स्रोतले जानकारी दिएको छ । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्न लागेका हुन् । पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ ।




