खेलकुद

सेपाक ताक्रो खेलाडी ५० हजारसहित सम्मानित

काठमाडौं । सङ्खुवासभाको चिचिला गाउँपालिकाले सेपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेतालाई सम्मान गरेको छ ।

गाउँपालिकाले चिचिला–१ का रोशन गुरुङलाई रु ५० हजारसहित सम्मान गरेको हो । जिल्ला सेपाक ताक्रो सङ्घका अध्यक्ष रोषण थापा मगरले जानकारी दिए। सेपाक ताक्रो खेलाडी गुरुङलाई खेलाडीको हौसलाका लागि गाउँपालिकाले खेलाडी गुरुङलाई नगदसहित सम्मान गरेको गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताए ।

यस्ता सम्मानले खेलाडीमा उत्साह थप्ने सेपाक ताक्रो सङ्घका जिल्ला अध्यक्ष थापा मगरले बताए । गुरुङ प्रतियोगितामा नेपाल उपविजेता बनेका हुन। उक्त अवसरमा जिल्ला सेपाक ताक्रो सङ्घका पदाधिकारी उपस्थित थिए । गत फागुन १७ देखि २० गतेसम्म सञ्चालन भएको सोपाक ताक्रो दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा गुरुङले नेपालका तर्फबाट खेल खेलेका थिए । सेपाक ताक्रो खुट्टाले खेलिने खेल हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *