खेलकुद

रोनाल्डोको गोलमा अल नासर विजयी

काठमाडौ। साउदी प्रो लिग अन्तर्गत अल नासर ले अल अहली साउदीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल अहलीलाई १-० गोल अन्तरले पराजति गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ६८औँ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेका थिए ।

यो जितपछि अल नासरको २४ खेलमा ५६ अंक भएको छ । अल नासर शीर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपि अल हिलाल एक खेल कम खेलको छ ।

त्यसैगरी अल अहलीको २४ खेलमा ४७ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *